रास्वपाकी विवादित सांसद आशिका तामाङको उत्तेजित हर्कत, फेरि बैठक छाडेर टाप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले फेरि आफूलाई सम्हाल्न नसकेर उत्तेजित हर्कत देखाएकी छिन् ।
विवादित छवि बनाएकी सांसद तामाङले शुक्रबार पनि उत्तेजित हर्कत देखाउँदै बैठक छाडेर बाहिरिएकी छिन् ।
शुक्रबार सहरी विकास मन्त्रालयमा उपत्यकाका स्थानीय प्रमुख, प्रभावित क्षेत्रका प्रतिनिधि र स्थानीयसहित छलफल कार्यक्रममा सांसद र मेयरबीच चर्काचर्की भएको छ ।
छलफलमा सांसद तामाङ मेयरहरूसँग चर्काचर्की हुँदाहुँदै रिसाएर झोला बोकेर निस्किएकी हुन् । उनी भनाभन हुने क्रममा निस्किएर हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बैठकमा उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरूलाई बोलाइएको थियो । बैठकमा सबै प्रमुख आएका थिएनन् । काठमाडौं, ललितपुर, टोखा लगायतका ८÷९ जना मेयरहरूमात्र उपस्थित थिए ।
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सहरी विकास मन्त्रालयले बञ्चरेडाँडाको विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनले भने, ‘काठमाडौं उपत्यका मेयर फोरमको अध्यक्षको हैसियतले म पनि थिएँ, साथसाथै ८÷९ जना मेयरसाप हुनुहुन्थ्यो । म बोलिरहँदा सांसद आशिका तामाङबीचमा बोलेपछि अन्य मेयरहरूले बीचमा किन बोलेको भन्दै विरोध गरेका थिए । त्यसपछि अन्य मेयरहरूसँग भनाभन भएपछि बैठक छोडेर हिँड्नुभयो ।’ मेयर महर्जनले कार्यक्रममा सांसद तामाङको प्रस्तुति एकदम आक्रमक स्वभावको देखिएको बताए ।
रास्वपा सांसद तामाङ उत्तेजित बनेर बैठकबाट बाहिरिएपछि माहोल बिग्रिएकाले बिनानिश्कर्ष नै छलफल सकिएको महर्जनले बताएका छन् ।
यसअघि, सांसद तामाङले प्रतिनिधि सभाको बैठकमा पनि यस्तै खालको उत्तेजित गतिविधि देखाएपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बस्न सचेत गराएका थिए । त्यसपछि सांसद तामाङ रिसाएर झोला बोकेर बाहिरिएकी थिइन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया