देउवा र डा.कोइरालाबीच भेटवार्ता, गगनको हाइज्याकमा परेको कांग्रेसका बारेमा चिन्तित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेता डा.शेखर कोइरालाले भेट गरेका छन् ।

शुक्रबार महाराजगञ्जस्थित निवासमा पुगेर डा.कोइरालाले देउवासँग भेट गरेका हुन् । उनीहरूका बीच पछिल्लो राजनीतिक अवस्था र कांग्रेसभित्रको आन्तरिक विवादका विषयमा छलफल भएको बुझिएको छ ।

देउवा झण्डै ५ महिनाको उपचारपछि स्वदेश फर्किएका छन् । कांग्रेसभित्रको विवादलाई मिलाउन देउवाले प्रयासहरू गरेका छन् ।

गगन थापाद्वारा हाइज्याकमा परेको नेपाली कांग्रेसलाई सर्वोच्च अदालतबाट कानूनी रुपमा फिर्ता ल्याएर १५औँ महाधिवेशनमार्फत अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देउवा छन् ।

Published : Friday, 2026 August 21, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया