सांसदहरू अराजक हुन थालेपछि रास्वपाले विधान संशोधन गर्न बनायो कार्यदल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधन कार्यदल बनाउने विषय अगाडि बढाएको छ ।
बुधबार सिंहदरबारमा बसेको सभापति रवि लामिछानेसहित सांसद र मन्त्रीहरूको बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो ।
कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय दिइएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन् ।
कार्यदलमा सांसदहरूलाई सदनमा उपस्थिति हुँदा गर्दाखेरि कम्तीमा सदनको मर्यादा, आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानून निर्माण प्रक्रियामा सशक्त बनाउने विषय राखिनेछ ।
‘आवश्यकता अनुसार संसदीय दलको विधान संशेधन गर्न मुख्य सचेतकको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ,’ पराजुलीले भने ।
कार्यदलले आगामी ७ दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिनेछ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया