लास र दासको पार्टीमा ताली खान केन्द्रीय समितिमा सभालाई जस्तै सम्बोधन : कांग्रेस नेता कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले गगन थापातर्फ संकेत गर्दै लास र दासको पार्टीमा ताली खान केन्द्रीय कार्यसमितिको बैठकमा आम सभामा जस्तो गरेर सम्बोधन गरेको टिप्पणी गरेका छन् ।
बुधबार नेता कार्कीले सामाजिक सञ्जालमार्फत केन्द्रीय समितिमा आम सभामा जस्तो सम्बोधन गरेर रमिता देखाएको बताएका हुन् । कार्कीले भने, ‘संभवत बैठकमा सभापतिले सभालाई जस्तो सम्बोधन गर्दैन । सर्वसम्मत या बहुमतको निर्णय सुनाउँछन् ।’
‘बुम राखेर पत्रकारलाई सभापति, प्रवक्ता या तोकिएको व्यक्तिले निर्णय सार्बजनिक गर्छ होला,’ नेता कार्कीले भने ।
‘लास र दास मात्र भएपछि बैठकमै तर्कभन्दा ताली खानु परेपछि…तर्क गर्नेको नैतिक धरातल हराए पछि…,’ नेता कार्कीले भने ।
‘डा.शेखर कोइरालाले ०८२ मंसिरमा महाधिबेसन गर्नुपर्छभन्दा ३० फुट उफ्रेर ०८३ मंसिरमा हुन्छ भनेको होइन ?,’ नेता कार्कीले गगन थापाको नाम उल्लेख नगरेर प्रश्न गरेका छन् ।
‘आफैं बोक्सी आफैं झाँक्री भएपछि सबै धारा निलम्बन गरेर सर्वसम्मत सभापति नियुक्तिको घोषणा गरे हुन्न ? दलको नेता नियुक्ति गरेजस्तो ?,’ कार्कीले गगनलाई प्रश्न गर्दै भने, ‘विधि, विधान, प्रक्रिया, परम्परा र आन्तरिक लोकतन्त्रको वकिलहरू सबै हुनु हुन्छ होइन र ?’
‘झण्डा बोके बापत राज्य, मण्डले र कम्युनिस्टबाट ज्यान गुमाएका परिवार, सर्वस्वहरण भएका, सम्पति कब्जा भएका अङ्गभंग भएकाहरू छन् र अझै छन् अनि छौं,’ नेता कार्कीले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया