मन्त्रीलाई काठमाडौं ल्याउन ३०/३५ लाख खर्च, जनताले सिटामोल पाउँदैनन् : कांग्रेस सांसद थापा
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सेचतक बासना थापाले सुत्केरीले समयमा अस्पताल पुग्न नपाए पनि मन्त्रीलाई भने लाखौँ खर्च गरेर हेलिकोप्टरबाट ल्याइएको भन्दै आलोचना गरेकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा थापाले भनिन्, ‘जनताले राहत पाउँदैनन् । सिटामोल पाउँदैनन् । सुत्केरीले समयमा अस्पताल पाउँदैनन् ।’
उनले भनिन्, ‘काठमाडौंको मिनिरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर काठमाडौं ल्याइन्छ ।’
कांग्रेस सांसद थापाले मन्त्री काठमाडौं ल्याउन ३०/३५ लाख खर्च गर्ने सरकारले तीन लाख खर्च गरेर जनतालाई राहत दिन नसकेको बताएकी छिन् ।
थापाले भनिन्, ‘कान खोलेर सुन्नुस् । मन्त्रीको जीवन जति मूल्यवान, कर्णालीका नागरिकको जीवन त्यति नै मूल्यवान छ ।’
पूर्वाधार विकासमन्त्रीलाई भाइरल ज्वरो आउँदा हेलिकोप्टरबाट ल्याइएको विषयमा कांग्रेस सांसद थापाले आलोचना गरेकी हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया