संसद बाहिर पत्रकारहरूले जिज्ञासा राख्दा रास्वपाका सांसद पाण्डे जंगिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेलाई पत्रकारहरूले प्रश्न सोध्दा जंगिएका छन् ।
मंगलबार सिंहदरबारस्थित संसद भवनमा बाहिर पत्रकारहरूले समसामयिक विषयमा जिज्ञासा राख्दा सांसद पाण्डे जंगिएर रिसाएका हुन् । उनले पत्रकारहरूलाई ‘हेप्नु भएको तपाईले’ भन्दै प्रतिप्रश्न गरेका छन् ।
सांसद पाण्डेले भने, ‘के हेप्नु भएको तपाईले ? के हो त नि ? शैलीको कुरा मलाई राम्रोसँग आउँछ । म पनि दुई/चार अक्षर पढ्या मान्छे हुँ ।’
‘त्यही भएर तपाई पत्रकारिता कहाँ गएर गर्नुस्, त्यहाँ गएर गर्नुस् । अस्ती तपाई जानु भो ? त्यहाँ विवाद भयो । तपाई जानुभयो ?,’ प्रश्न गर्दै पाण्डेले भने, ‘त्यहाँ ग्राउण्डमा नजाने । यहाँ कुर्ने खाली सामाजिक सञ्जाल हेरेर प्रश्न गर्ने यार ! …के छ त हामीलाई थाहा छ त । तपाईले विरोध छ त तपाईले त्यही ठान्नुस् ।’
रास्वपाका सांसद पाण्डे बेलाबेला आफ्ना अभिव्यक्ति र गतिविधिबाट विवादमा आइरहन्छन् । पत्रकारहरूले पनि सांसद पाण्डेसँग उनले गरेका कामका विषयमा विरोध भएको र कानून विपरीतका कार्य किन गरेको ? भनेर प्रश्नहरू राख्दा रिसाएका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया