देउवाको स्वागत र कांग्रेसको राष्ट्रिय सम्मेलनमा सहभागी नेता तथा कार्यकर्तालाई बैतडी कांग्रेसको चियापान
काठमाडौं । नेपाली कांग्रेसद्वारा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागी हुन बैतडीबाट काठमाडौं आएका नेता तथा कार्यकर्ताहरूको सम्मानमा नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिले चियापान तथा समसामयिक राजनीतिक विषयमा विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागत तथा राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि उपस्थित भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई सम्पर्क समितिको तर्फबाट सभापति दीवाकर बोहराले धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा बैतडीबाट राष्ट्रिय सम्मेलनमा सहभागी नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टी संगठनको सुदृढीकरण, आगामी कार्यदिशा तथा समसामयिक विषयमा गहन छलफल र विचार–विमर्श भएको थियो ।
कार्यक्रममा दार्चुला र कञ्चनपुरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाली कांग्रेसका नेताद्वय एन.पी. साउद र रमेश लेखकले राष्ट्रिय सम्मेलनमा उत्साहजनक सहभागिता जनाएका बैतडीका नेता तथा कार्यकर्ताहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेताद्वयले पार्टी संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन सबै नेता तथा कार्यकर्ताहरू इमानदारी, अनुशासन र एकताका साथ सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
नेताद्वय साउद र लेखकले आगामी दशैं तथा तिहारपछि जिल्ला–जिल्लामा विशेष कार्यक्रमहरू आयोजना गरी स्थानीय तहमा कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट, संवाद तथा अन्तरक्रिया गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको आपसी एकता, सहकार्य र संवादलाई थप प्रभावकारी बनाउँदै संगठनलाई जनताको विश्वासअनुसार अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रमले बैतडीबाट काठमाडौंमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूबीच आपसी सम्बन्ध, सहकार्य र संगठनात्मक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया