नयाँ गीत ‘पारिजात’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् । प्रेमभाव व्यक्त गर्ने गीतको भिडियोमा एकतर्फी प्रेमलाई देखाएइको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्छन् । पर्खाइमा रहेका गौरवले प्रेम प्राप्ति गर्छन् वा गर्दैनन् भन्ने विषयलाई पटकथा बनाएर भिडियोका निर्माता शान बस्यातले प्रस्तुत गरेका छन् ।
सरल र मनछुने शैलीमा तयार गरिएको गीतको भिडियोलाई गायक प्रकाश सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
अस्मिता रुचालको शब्दमा गायक प्रकाश सिलवालले स्वर भरेका छन् । सङ्गीत पनि उनकै हो । उनले प्रेमले पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई गीतमा प्रस्तुत गरिएको बताए ।
घामपानी पिक्चर्स प्रोडक्सनले तयार गरेको भिडियोका निर्माता कथाकार शान बस्न्यात हुन् । उनले नै भिडियोको कथा तथा पटकथा तयार गरेका हुन् । यसमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने, सुजाता तिमल्सिना लगायतले अभिनय गरेका छन् ।
निर्देशक प्रणव केसीको निर्देशनमा तयार भएको भिडियोमा डीओपी संगम राई, स्टाइलिस्ट अञ्जली रिजाल, मेकअप ज्योति केसी, हेयर अलिजा सिजावाल, साउण्ड देव न्यौपानेको रहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया