निधिले कांग्रेसको राष्ट्रिय सम्मेलनमा राखेको कुरा अर्कै, समाचार बन्यो अर्को विषय
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनको अन्तिम दिन कार्यक्रम समापन हुँदै गर्दा नेता विमलेन्द्र निधि मञ्चमा रहेको पोडियममा उद्घोषक दीपक कुइकेल समक्ष पुगेर गरेको सम्वादलाई विवाद भएको भनेर केही सञ्चारमाध्यमले गलत सन्देश दिन खोजेका छन् ।
आइतबार काठमाडौंमा कांग्रेसको तीन दिने राष्ट्रिय भेला समापन भएको छ । नेपाली कांग्रेस १४औँ महाधिवेशनका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनसँसै सम्मेलन पाँच बुँदाको प्रस्ताव पारित गरेर सम्पन्न भएको छ । सम्मेलनले देउवाको नेतृत्वमा १५औँ महाधिवेशन गर्ने र महाधिवेशनको तयारीका लागि सम्मेलनका संयोजक प्रा.डा.शशांक कोइरालालाई नै जिम्मेवारी दिइएको छ ।
शुरुमा राष्ट्रिय भेला भनिए पनि पार्टीको विधान बमोजिम जानका लागि शनिबार भेलालाई सम्मेलनमा परिणत गरिको थियो ।
कांग्रेसका नेता दीपक कुइकेलले सम्मेलनको समापनमा सम्मेलनको निर्णय सुनाउने क्रममा भएको छलफललाई विवाद भन्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गलत कुरा सम्प्रेषण गरेका छन् ।
नेता कुइकेलले ‘१४औं महाधिवशेनबाट शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमिति’ भनेपछि नेता विमलेन्द्र निधि पोडियममा पुगेर कुइकेललाई सम्झाएका हुन् । निधिले कुइकेललाई देउवा नेतृत्वमा निर्वाचित मात्र भन्न नमिल्ने भन्दै सम्झाएका थिए ।
निधिले कइँकेललाई केन्द्रीय कार्यसमितिमा सभापतिले पछि मनोनीत गरेका आफूहरू पनि रहेकाले ‘देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भन्नुपर्ने’ भनेर उद्घोषणको कार्य गरिरहेका नेता कुइकेललाई सम्झाएका हुन् ।
नेताद्वय डा.प्रकाशशरण महत र बागमती कांग्रेसका महामन्त्री राजु श्रेष्ठले ‘निर्वाचित होइन के दाई, दाईहरू मनोतीन हो नि त’ भनेको भिडियोमा सुन्न सकिन्छ । उक्त विषयलाई नेता निधिले नै प्रष्ट पारेर नेता कुइकेललाई सम्झाएको भिडियोमा सुन्न सकिन्छ ।
भिडियोमा निधिले बोल्नका लागि कुइकेललाई ‘हट्नुस्, हट्नुस्’ भनेको सुनिन्छ । त्यही बीचमा नेता डा.महत पोडियममा जान्छन् र निधिलाई सम्झाएर मञ्चतिर बोलाउँछन् ।
निधिले डा. महतलाई केही भन्छन् । दुई जनाबीच सामान्य भनाभन भएको भिडियामा सन्न सकिन्छ । डा.महत र अर्का नेता राजु श्रेष्ठले निधिलाई मञ्चमा लगेर बसाल्छन् ।
त्यसपछि नेता कुइकेलले निधिकै सुझावअनुसार सच्याएर निर्णय सुनाउँछन् ।
‘१४औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाईको नेतृत्वको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न हुनेछ’, कुइकेलले भन्छन् ।
नेता निधि पनि ०७८ सालमा भएको १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी थिए । महाधिवशेनमा शेरबहादुर देउवा पहिलो र डा.शेखर कोइराला दोश्रो बढी मत प्राप्त गरेका थिए ।
कसैले पनि बहुमतका लागि आवश्यक ५१ प्रतिशत मत नल्याएपछि कांग्रेस विधानको व्यवस्थाअनुसार पहिलो र दोश्रो बढी मत ल्याउने उम्मेदवारबीच दोश्रो चरणमा निर्वाचन भयो । त्यतिबेला निधिले देउवालाई समर्थन गरेका थिए ।
देउवा सभापतिमा निर्वाचित भएपछि ०७८ पुसमा उनले निधिसहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । निधिले निर्वाचित मात्रभन्दा आफूसहित मनोनीत भएकाहरू नसमेटिने विषय सम्झाएका हुन् ।
तर, सञ्चार माध्यममा हिन्दु धर्मबारे समावेश धारणालाई लिएर दुई नेताबीच विवाद भएको उल्लेख गरिएका छन् ।
पारित प्रस्तावमा नेपालका सनातन धर्म संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने उल्लेख छ । धार्मिक सहिष्णुता र सबै धार्मिक समुदायको स्वतन्त्रताको कुरा पनि समेटिएको छ ।
प्रस्तावमा हिन्दु, बौद्ध, किरातजस्ता प्राकृतिक धर्मको संरक्षण गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने, साथै धार्मिक स्वतन्त्रता र सहिष्णुता कायम गर्ने उल्लेख छ ।
कुरा एकातिर छ । समाचार अर्कैतिर बनाइएको छ । सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरूले कांग्रेसको राष्ट्रिय सम्मेलनमा विवाद, हानाहान, कुटाकुट भएको भनेर फेक समाचार बनाएर गलत सन्देश प्रवाह गरेको राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरूले बताएका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया