कीर्ते बिचौलियाहरूको धन्दा बन्द, बालेन-रविबीच बिबाद गराउन षड्यन्त्र, सरकारविरुद्ध गतिविधि
काठमाडौं । धेरै बोल्न र जनसम्पर्क गर्न नरुचाउने तर, जनताको काम गर्न चौवीसै घण्टा सक्रिय रहने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले झण्डै दुईतिहाइको सरकारलाई टप गेयरमा अगाडि बढाइरहेका छन् ।
प्रधानमन्त्री शाहले टप गेयरमा सरकार सञ्चालन गरिरहेका बेला सबैभन्दा ठूलो तनाब बिचौलिया, तस्कर, गाडी चोर, मासु चोर, कीर्ते गर्ने समूहको गिरोहहरूलाई भएको छ । बालेन सरकारविरुद्ध विभिन्न फण्डाहरू भइरहेका छन् । सरकारलाई कसरी र कहाँ बद्नाम गराउन सकिन्छ भनेर बिचौलिया, तस्कर र कीर्तेका मास्टरमाइण्डहरूले आफ्ना गतिविधिलाई तिब्र बनाइरहेका छन् । सरकारलाई बद्नाम गराउन नक्कली उजुरीदेखि मिडियाबाजी हुँदै आएका छन् । सरकारविरुद्ध मिडिया ट्रायलहरू समेत भएका छन् ।
प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच फाटो ल्याइदिने हर्कत र गतिविधि समेत भइरहेका छन् । सभापति लामिछानेलाई तत्कालीन समयमा शालिकराम पुडासैनी प्रकरण, सहकारीको विषय लगायतमा फसाउन निरन्तर सामाजिक सञ्जाल र मिडिया ट्रायल गर्ने समूह नै प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच फुट बनाउन सक्रिय भएर लागेको छ ।
बिचौलियाको त्यो समूहले मिडिया ट्रायल गर्नेदेखि रास्वपाकै केही सांसदहरूलाई परिचालन गरेर सरकारको बद्नाम गराउने प्रयासहरू गरिरहेको छ । कतिसम्म भने गृहमन्त्री सुधन गुरुङ र उनी मातहतको निकायहरूलाई बद्नाम गराउन बिचौलिया तथा गाडी चोरको समूहले एउटा अनलाइन सञ्चारमाध्यमलाई फेक समाचार लेखाउन फोन गरेको अडियोले समेत बिचौलियाको समूह सरकारविरुद्ध कति धेरै लागेको छभन्ने पुष्टि गरेको छ ।
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङविरुद्ध फेक समाचार लेखाउन बिचौलिया र पत्रकारबीच भएको फोन सम्वादले पनि सरकारविरुद्ध दलालहरू कति धेरै लागेका छन् भन्ने पुष्टि गरेको छ ।
सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई कसैको कुराहरू नसुनेर पाँच बर्ष सरकार चलाउन र जनतालाई अनुभूति हुने गरी काम गर्न पटक पटक आग्रह गरिसकेका छन् । सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्वन्ध राम्रो भएको देख्न नचाहने मासु चोर, गाडी चोर, दलाल र बिचौलियाहरूको समूहले फण्डा गरिरहेका छन् । आफूहरूबीच फुट उत्पन्न गराउन बिचौलिया र तस्करहरूको समूह सक्रिय भएर लागेको जानकारी प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई सबै कुराको जानकारी छ ।
रास्वपाका सांसदहरू आशिका तामाङ, खगेन्द्र सुनार लगायतका सांसदहरूका पछिल्ला गतिविधि र अभिव्यक्तिले सरकारलाई सहयोगभन्दा पनि असहयोगहरू नै भइरहेका छन् । उनीहरूका उत्तेजक अभिव्यक्तिले सबैभन्दा धेरै चोट सरकारलाई नै पुगेको छ । सरकारको कामकारबाही र सभापति लामिछानेको गतिविधिमा चित्त बुझ्दैन भने उनीहरूले शीर्ष नेतृत्वसँग भेट गरेर कुरा राख्न सक्छन् । तर, उनीहरूले त्यो गर्दैनन् । मिडियाबाजी गर्छन् । सार्वजनिक अभिव्यक्ति दिन्छन् । त्यतिले पनि नपुगेपछि सामाजिक सञ्जालमा आफ्नो पदीय मर्यादालाई समेत भुलेर टोले गण्डाको शैलीमा टिकाटिप्पण गरिरहेका हुन्छन् । उनीहरूको यो शैलीले सबैभन्दा ठूलो चोट र झट्का सरकारलाई नै लागिरहेको हुन्छ ।
उनीहरूका अभिव्यक्ति र गतिविधिले प्रधानमन्त्री शाह र सभापति लामिछानेको सम्बन्धमा झन् दरार उत्पन्न गराउन दलाल र बिचौलियाहरूलाई षड्यन्त्र गर्न मद्दत पुगेको चर्चा भइरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया