म हिन्दु हुँ, कसैको विरोधी होइन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु धर्म मान्ने व्यक्ति भएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाली कांग्रेसको कांग्रेसको राष्ट्रिय सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू कसैको विरोधी नभएको बताए । उनले भने, ‘म हिन्दु हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन ।’

‘मैले आफू हिन्दु हो भन्न पाउनु प¥यो नि ! हिन्दूमा विश्वास गर्न पाउनुप¥यो नि मैले,’ देउवाले भने, ‘यसमा कुनै कन्फ्युजन नहोस् ।’

देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ । ब्रतबन्ध गरेको हो, हिन्दु परम्पराअनुसार विवाह गरेको हो । पशुपति जान्छु, पूजा गर्छु । के हुने नहुने भन्ने जनताको कुरा हो । धार्मिक स्वतन्त्रता हुनुपर्छ ।’

राष्ट्रिय सम्मेलनमा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’बारे धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले आफू व्यक्तिगत रुपमा हिन्दु भएको र हिन्दु धर्म मान्दै आएको कुरा बताएका हुन् ।

Published : Sunday, 2026 August 16, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया