विधानलाई फलो गर्दै कांग्रेसको राष्ट्रिय भेलाको नाम परिवर्तन गरेर राष्ट्रिय सम्मेलन राखियो
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेलाको नाम फेरेर ‘राष्ट्रिय सम्मेलन’मा परिणत गरिएको छ ।
शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेस हुँदैगर्दा भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको हो ।
सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर परिवर्तन गरेको छ । परिवर्तित ब्यानरमा ‘राष्ट्रिय सम्मेलन’ लेखिएको छ ।
राष्ट्रिय भेला प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको बताए ।
पार्टीको विधानले अधिवेशन, महाधिवेशन र सम्मेलन मात्रै चिन्ने र जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको उनले बताएका छन् ।
Published : Saturday, 2026 August 15, 10:17 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया