देउवालाई निवर्तमान सभापति, पूर्वसभापति भनिरहनु पर्दैन, उहाँ नै हाम्रो पार्टीको सभापति हो : निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शेरबहादुर देउवा नै कांग्रेसको सभापति रहेको सन्देश गाउँसम्म लगेर जान कार्यकर्तालाई आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निधिले भने, ‘साथीहरूले याद गर्नुहोला । नेपाली कांग्रेसको आजको पनि सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ, यो सन्देश लिएर जानुस् । अरू कोही होइन ।’
उनले देउवालाई निवर्तमान वा पूर्वसभापति पनि भनिरहनु नपर्ने बताएका छन् । ‘देउवालाई निवर्तमान सभापति, पूर्वसभापति भनिरहनु पर्दैन, नभन्नुहोला । उहाँ नै हाम्रो पार्टीको सभापति हो,’ निधिले भने ।
देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन हुने पनि उनले बताएका छन् । निधिले भने, ‘१५औँ महाधिवेशनमा सहभागी हुन, जुनजुन कारणले साथीहरू अलग भएपनि यही किसिमले अगाडि बढ्नुपर्दछ । र, नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्दछ ।’
निधिले भने, ‘१४औँबाट जो सभापति बनेको छ, जो कार्यसमिति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ । फर्केर जाँदा त्यही सन्देश लिएर जानुहोस् ।’
विशेष महाधिवेशन अराजक, अवैध, धोकाधडी, कब्जा गरेर भएको उनले बताए । यो समितिलाई, पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार नै नभएको निधिले बताए ।
‘१४औँबाट १५औँमा जाने स्वाभाविक निरन्तरता हो । नेपाली कांग्रेसलाई स्वाभाविक रूपले १५औँसम्म निरन्तरता दिने काम १४औँबाट निर्वाचित कार्यसमितिले गर्नुपर्छ,’ निधिले भने ।
१५औँ महाधिवेशनको लागि भनेर नै राष्ट्रिय भेला राखिएको उनले बताए । यसको उद्देश्य भनेको प्रा.डा.शशांक कोइरालाको नेतृत्वमा बनाएको मूल आयोजक कमिटीले भेलाबाट निर्णय र तयारी गरेर १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने पहिलो प्राथमिकता रहेको उनले बताए ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया