राजाले जेल हाल्दा मलाई न्यायालयले जिताएको हो, न्यायालयप्रति अटुट विश्वास छ, अहिले पनि न्याय पाउँछु : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई प्रजातन्त्रको खिलाफमा आफू जान नसक्ने सुझाव दिएपनि नमानेका कारण राजाकै कारण गणतन्त्र आएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलाललाई सम्बोधन गर्दै देउवाले राजाले भनेअनुसार आफू प्रजातन्त्रको खिलाफमा नगएपछि जेल हालिएको बताए । उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ । मैले भनेकै हो । सरकार हुकुम मान्न तयार छ । म प्रजातन्त्रको खिलाफमा जान सक्दिन भनेकै हो । त्यसपछि मलाई जेल हाल्यो ।’
सभापति देउवाले भने, ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो । मलाई न्यायालयप्रति अटुट विश्वास छ । अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ । गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ ।’
देउवाले राष्ट्रिय सहमतिको खोजीका लागि पहल गर्ने पनि बताएका छन् । उनले संविधानप्रदत्त प्रक्रिया र व्यवस्थाका आधारमा निकास दिन पहल गर्ने बताए ।
‘राष्ट्रिय एवम् लोकतान्त्रिक शक्तिहरूबीच बृहत संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्न म दृढ संकल्पित छु,’ उनले भने । संकटका समयमा संवाद र सहमति र सहकार्य नै राजनीतिक सहकार्य भएको देउवाले बताए ।
सभापति देउवाले पार्टीको एकतालागि व्यक्तिगत मदभेदभन्दा माथि उठ्नुपर्ने बताएका छन् । उनले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताए ।
‘अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र चरम विवाद बढेको छ । विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउनेगरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ,’ देउवाले भने, ‘यो विषय सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले थप टिप्पणी गर्न चाहन्नँ । सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने कुरामा म पूर्ण विश्वस्त छु ।’
देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिने बताए । उनले भने, ‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ’, देउवाले भने ।
अहिले देश संवेदनशील अवस्थामा रहेको भन्दै उनले समाजका निराशालाई आशामा बदल्नुपर्ने दायित्व कांग्रेसले लिनुपर्ने बताए ।
‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजक भएर राष्ट्रिय एकता कायम गर्न लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ’ उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ । निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ ।’
सभापति देउवाले भने, ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो । मलाई न्यायालयप्रति अटुट विश्वास छ । अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ । गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया