कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी हुन संयोजक प्रा.डा.कोइरालाको निमन्त्रणासहितको अपील
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले राष्ट्रिय भेलामा सहभागी हुन निमन्त्रणा गर्दै व्यक्तिगत आग्रहभन्दा माथि उठेर पार्टीको हित, लोकतन्त्रको रक्षा र राष्ट्रको भविष्यका लागि एकताबद्ध बन्न अपील गरेका छन् ।
बिहीबार देशभरिका नेता तथा कार्यकर्ता र राष्ट्रिय भेलाका प्रतिनिधिहरूलाई मिन्त्रणा गर्दै संयोजक प्रा.डा.कोइरालाले भने, ‘तपाईको सहभागिताले नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई अझ अर्थपूर्ण र सफल बनाउनेछ ।’
उनले भने, ‘व्यक्तिगत आग्रहभन्दा माथि उठेर पार्टीको हित, लोकतन्त्रको रक्षा र राष्ट्रको भविष्यका लागि एकताबद्ध बनौँ ।’
साउन २९ गते बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा नेपाली कांग्रेसको राष्ट्रिय भेलाको उद्घाटनसत्र हुनेछ । राष्ट्रिय भेलाको उद्घाटन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । समितिका संयोजक प्रा.डा.कोइरालाको सभापतित्वमा हुने भेलालाई सभापति देउवाका साथै कार्यबाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, नेता डा.शेखर कोइराला, जेनजी, युवा पुस्ताका नेताहरूले सम्बोधन गर्नेछन् । राष्ट्रिय भेला साउन २९, ३० र ३१ गते तीन दिनसम्म चल्नेछ । साउन ३० र ३१ गते दुई दिन बन्दसत्र हुनेछ ।
‘नेपाली कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र पार्टीको उज्जवल भविष्यप्रतिको साझा प्रतबिद्धालाई अझ सुदृढ बनाउन आयोजित राष्ट्रिय भेलामा यहाँहरूको गरिमामय सहभागिताका लागि हार्दिक मिन्त्रणा गर्दछु,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
‘एकता, विश्वास र सहकार्यको आवश्यता पहिलेभन्दा बढी महसुस भएको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य एउटै छ– बलियो, एकताबद्ध र जनविश्वास प्राप्त नेपाली कांग्रेस निर्माण । यही उद्देश्यका साथ आयोजना गरिएको यस राष्ट्रिय भेलाले संवाद, सहमति र एकता सहितको संगठनात्मक सुदृढीकरणका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिएको छु ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया