कांग्रेस सभापति देउवा स्वदेश फिर्ता, हजारौँ नेता तथा कार्यकर्ताद्वारा स्वागत

काठमाडौं । उपचारका लागि विदेश गएका नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

बिहीबार सभापति देउवा स्वदेश फर्किएका हुन् । देउवालाई विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइराला, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले विमानस्थलको आगमन कक्षमा पुगेर स्वागत गरेका हुन् ।

देउवा करीव पाँच महिनापछि नेपाल फर्किएका हुन् । उपचारका लागि देउवा सिङ्गापुर गएकाथिए । त्यसपछि देउवा थप उपचारका लागि हङकङ गएका हुन् ।

सभापति देउवा बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । देउवालाई विमानस्थलबाट कांग्रेसका हजारौँ नेता तथा कार्यकर्ताहरूले चुनदेवीस्थित सम्पर्क कार्यालयमा लगेका छन् । देउवालाई मोटरसाईकल र गाडीको ¥यालीसहित सम्पर्क कार्यालयमा लगेका हुन् । सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गरेर महाराजगञ्जस्थित निवासमा गएको नेता मोहनबहादुर बस्नेतले बताएका छन् ।

सभापति देउवा फागुन १२ गते स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका थिए ।

Published : Thursday, 2026 August 13, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया