कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै, स्वागतमा हजारौं कार्यकर्ता विभिन्न स्थानमा उपस्थित
काठमाडौं । नेपाली कांग्रेसका सभापति सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार स्वदेश फर्किंदैछन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरूले देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको नेता मीन विश्वकर्माले बताए ।
सभापति देउवालाई विमानस्थलबाट कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गाडी र मोटरसाइकल र्यालीसहित महाराजगञ्जस्थित निवासम्म पुर्याउनेछन् । स्वागतका क्रममा चारतारे झण्डाहरू बोक्न निर्देशन दिइएको छ ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइराला, कार्यबाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताहरूले विमानस्थलमा स्वागत गर्नेछन् ।
देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किन लागेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तिलाई निवासमा सांघातिक आक्रमण गरेर हत्याको प्रयास भएको थियो । आक्रमणबाट घाइते देउवा र डा.आरज राणाले विदेशमा उपचार गराउँदै आएका छन् ।
सभापति देउवा बिहीबार मध्याह्न १२ः२५ मा थाइएयरको जहाजबाट काठमाडौं अवतरण गर्नेछन् । देउवाको स्वागतका लागि विमास्थलको गोल्डेन गेट अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडि खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरिएको छ ।
सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् । राष्ट्रिय भेला प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे शुरु हुने बताएका छन् ।
तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता तथा कार्यकर्ताहरूको उपस्थिति हुनेछन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया