प्रहरीहरूलाई घिसार्छु भन्नेहरूबाट शासित हुँदैछौँ, दूधले नुहाएका कुरा सुनियो : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीहरूलाई घिसार्छु भन्नेहरूबाट शासित हुँदैछौँ कि भन्ने टिप्पणी गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठनको मानमर्दन हुने गरेर गैरसंसदीय आचरण विपरीतको हर्कत र अभिव्यक्ति दिएपछि आईजीपी कार्कीले भने, ‘प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडो मीठो कुरा गरेको यहाँ सुन्न पाइयो ।’
‘घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेको बीचमा बडो दूधले नुहाएका कुरा सुनिन्छ,’ आईजीपी कार्कीले भने ।
‘हैन भने आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई ल्याएर, यहाँ ल्याएर जथाभाबी भन्या छ,’ कार्कीले भने, ‘जे मन लाग्यो त्यही भन्नु त उचित होइन होला ?’
‘कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि ?’ आईजीपी कार्कीले भनेका छन् ।
‘सजिलो चाहिँ गालीगलौज गर्ने रहेछ मञ्चमा बसेर । त्यो सिक्न पाए हुन्थ्यो,’ कार्कीले भने, ‘यो हुर्मत लिने किसिमको यो परिस्थिति एउटा यो सभ्यताको हिसाबले पनि, संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन ।’
‘उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठीक छ । तर, त्यसका पनि व्यवस्थित तरिकाहरू छन् संसदीय अभ्यासका कुराहरूभित्र पनि,’ आईजीपी कार्कीले भने, ‘हामी प्रहरी मात्रै होइन, हामी मुलुककै प्रतिपक्ष पनि होइन ।’
विवादित छविका सांसद सुनार बेलाबेला विभिन्न काण्डहरूमा डामिएका व्यक्ति हुन् । सांसद भइसकेपछि पनि जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपीलाई घिसारेर कारबाही गर्ने धम्की दिएका थिए । सांसद सुनारको त्यसपछि निकै आलोचना भएको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया