कांग्रेसको राष्ट्रिय भेला मिराकल पार्टी प्यालेसमा हुने, देउवासहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा गर्न लागेको नेता मीन विश्वकर्माले बताएका छन् । साउन २९ गते १ बजे शुक्रबार राष्ट्रिय भेलाको उद्घाटन हुनेछ ।
कांग्रेसले राष्ट्रिय भेला भृकुटीमण्डपमा गर्ने तयारी गरेको थियो । भृकुटीमण्डपमा विभिन्न कार्यक्रमका लागि बुकिङ भइसकेको हुनाले मिराकल पार्टी प्यालेसमा भेला गर्न लागिएको छ । बर्षातको समय नभएको भए प्रदर्शनीमागको सडकमा राष्ट्रिय भेलाको उद्घाटनसत्र गर्ने तयारी पनि थियो । बर्षातले उद्घाटनसत्रलाई प्रभावित बनाउने भएपछि पार्टी प्यालेसमा राष्ट्रिय भेला हुन लागेको छ ।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने र भेलाको सभापतित्व संयोजक प्रा.डा.शशांक कोइरालाले गर्नेछन् । भेलामा देशभरिबाट करीव ५ हजार नेता तथा कार्यकर्ताको उपस्थिति रहने अनुमान नेता विश्वकर्माकोा छ ।
साउन २९, ३० र ३१ गते राष्ट्रिय भेला हुनेछ । भेला तयारीका लागि प्रा.डा.कोइराला नेतृत्वको समितिले विभिन्न उपसमितिहरू बनाएर नेताहरूलाई खटाएको छ ।
नेता विश्वकर्माले कांग्रेसको राष्ट्रिय भेलाको प्रमुख अतिथिका रुपमा सभापति शेरबहादुर देउवालाई बोलाएको बताए । पहिलो दिन भेलाको उद्घाटन हुनेछ । शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । दोस्रो दिन शनिबार र तेस्रो दिन आइतबार गरि भेलाको बन्दसत्र दुई चल्नेछ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया