कार्यबाहक सभापति खड्कासँग संयोजक प्रा.डा.कोइरालाद्वारा भेट, राष्ट्रिय भेलामा सहभागी हुन आग्रह
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइराला पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेट गरेर राष्ट्रिय भेलाको निम्तो दिएका छन् ।
बुधबार संयोजक प्रा.डा.कोइरालाले कार्यबाहक सभापति खड्कालाई काठमाडौंको गल्फुटारस्थित निवासमा पुगेर भेट गरि साउन २९, २० र ३१ गते हुन लागेको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन् । प्रा.डा. कोइरालाको आग्रहपछि खड्काले सकारात्मक धारणा दिएको निजी सचिवालयले जनाएको छ । खड्का र प्रा.डा.कोइरालाबीचको भेटमा नेता एपी साउदको पनि उस्थिति रहेको थियो ।
‘यही २०८३ साल श्रावण २९, ३० र ३१ गते आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलाका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरि राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गर्नुभएको छ । उक्त आग्रहप्रति कार्यवाहक सभापति खड्काले सकारात्मक धारणा व्यक्त गर्नुभएको छ,’ प्रा.डा.कोइरालाका निजी सहयोगी भरत तिवारीले बताएका छन् ।
सभापति शेरबहादुर देउवा पनि राष्ट्रिय भेलामा सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ । देउवा साउन २८ गते मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया