कांग्रेसको राष्ट्रिय भेलाको तयारी तिब्र, संयोजक प्रा.डा.कोइरालाले लिए जानकारी

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिले आन्तरिक गृहकार्य तथा तयारीलाई तिब्र बनाएको छ ।

मंगलबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको सभापतित्वमा बसेको बैठकले ऐतिहासिक राष्ट्रिय भेलालाई भव्य, व्यवस्थित र सफल बनाउने निर्णय गरेको छ । भेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको र थप आन्तरिक गृहकार्य गर्ने निर्णय भएको नेताहरूले बताएका छन् ।

बैठकमा समितिका संयोजक प्रा.डा.कोइरालाले राष्ट्रिय भेलाको तयारीका विषयमा जानकारी लिएका छन् । उनले भेलालाई विशेष बनाउन नेताहरूसँग आग्रह गरेका छन् ।

राष्ट्रिय भेलालाई लिएर देशभरिका नेता, कार्यकर्ता र शुभेच्छुकहरूमा उत्साह बढेको नेताहरूले बताएका छन् । भेलालाई आवश्यक पर्ने सबै तयारी गर्ने विषयमा जिम्मेवारी पाएका नेताहरू सर्तक रहेको नेताहरूले बताएका छन् ।

सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि राष्ट्रिय भेलालाई सम्बोधन गर्न साउन २८ गते मध्यान्ह १२ बजे त्रिभुवन आन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन लागेका छन् । देउवा आउने भएपछि नेता तथा कार्यकर्ताहरूमा झन् उत्साह थपिएको छ ।

Published : Tuesday, 2026 August 11, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया