वीपीले जसरी कांग्रेसलाई एक बनाउनुभयो, त्यही नै मेरो कर्तव्य हो : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफ्नो कर्तव्य कांग्रेसलाई एक बनाउने रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमपछि बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै डा.कोइरालाले आफू कांग्रेसलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताए ।

‘मेरो कर्तव्य कांग्रेसलाई एक बनाउने हो । वीपी कोइरालाले जसरी कांग्रेसलाई एक बनाउनुभएको छ, त्यही नै मेरो कर्तव्य हो । म फुटाउने काम गर्दिनँ,’ उनले भने ।

छुट्टै भेलाको सभापति बन्नुपर्ने अवस्था आए के गर्नुहुन्छ भन्ने प्रश्नमा डा.कोइरालाले आफूहरू अलग हुने पक्षमा नरहेको बताए ।

‘छुट्टै होइन, एकतातिर हामी जानुपर्छ । भविष्य त्यसैमा छ,’ नेता डा.कोइरालाले भनेका छन् ।

आफूहरूले कांग्रेस फुटाउन लागेको भन्ने चर्चा गलत भएको उनले बताए । पार्टीलाई विभाजन नभई एकताको दिशामा अघि बढाउनुपर्नेमा डा.कोइरालाले बताएका छन् ।

Published : Monday, 2026 August 10, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया