अदालतको पछिल्लो निर्णयले विशेषवालाहरूलाई सच्चिने अवसर दिएको छ : कांग्रेस नेता साउद
काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउद (एनपी)ले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता साउदले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन् ।
सर्वोच्च अदालतले हालै अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजन बेञ्चको फैसलामाथि पुनरावलोकन गर्ने निर्णय गरेको उनले बताए । नेता साउदले यसलाई असन्तुष्ट पक्षका लागि सुध्रिने अवसरका रूपमा लिनुपर्ने बताए ।
नेता साउदले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विशेष अधिवेशनको नेतृत्व गर्ने नेताहरूको पनि सहभागिता र महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।
‘अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गर्ने साथीहरूलाई सच्चिने एउटा ठूलो अवसर दिएको छ,’ उनले भने, ‘अब १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनतर्फ लाग्नुपर्छ ।’
नेता साउदले भने, ‘तपाईंहरूले गर्ने भनिएको १५औँ महाधिवेशन विभाजनको महाधिवेशन हुनेछ । हामी एकताको १५ औँ महाधिवेशन चाहन्छौँ । त्यसैले पार्टी तोड्ने जस्तो अन्तिम गल्ती नगर्नुस् ।’
वर्तमान केन्द्रीय समितिकै आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गरे मात्रै पार्टी एकजुट रहने नेता साउदले बताए ।
नेता साउदले शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कने जानकारी दिँदै २९ गते बस्ने भेलाबाट पार्टीले नयाँ कार्यदिशा र दृष्टिकोण तय गर्ने पनि बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया