रास्वपाकै सांसदहरू सरकारविरुद्ध आलोचनामा उत्रिएपछि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेट
काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै सरकारको आलोचना गरेको केही दिनभित्रै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शाह र लामिछानेबीच भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहसँग भेट गर्न सभापति लामिछाने बालुवाटार प्रवेश गरेको रास्वपाका एक नेताले बताए ।
सरकार र रास्वपाका केही नेताहरूबीच पछिल्लो समय तिक्तता बढिरहेको टिकाटिप्पणी भइरहेका बेला शाह र लामिछानेबीच भेट भएको छ ।
झण्डै दुईतिहाइको सरकारविरुद्ध रास्वपाका सांसदहरूले खबरदारी र आलोचना गर्न थालेका छन् । आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्री शाह सन्तुष्ट छैनन् ।
सभापति लामिछानेले पनि सरकार र पार्टीबीच कुनै विवाद नरहेको तथा सरकारले पूरा कार्यकाल काम गर्ने सार्वजनिक कार्यक्रममा बताएका थिए । सम्भवत सरकार र रास्वपाबीच खटपट भएका कारण सभापति लामिछानेले सार्वजनिकस्थलबाट स्पष्टीकरण दिएको हुनुपर्ने टिप्पणी पनि भएका छन् ।
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच पछिल्लो राजनीतिक परिस्थिति, सरकार सञ्चालन, पार्टीका पदाधिकारी मनोनयन, राजदूत नियुक्तिलगायत विषयमा छलफल भएको हुन सक्ने रास्वपाका नेताहरूको अनुमान छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया