कांग्रेसको राष्ट्रिय भेला सफल बनाउन नेविसंघको आह्वान, हाइज्याकरहरूबाट लोकतन्त्र कमजोर बन्यो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले नेपाली कांग्रेसको बृहत एकताका लागि विद्यार्थी र युवाहरूले दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा भएको नेविसंघको भेलाले साउन २९, ३० र ३१ गते हुन लागेको शेरबहादुर देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेलामा सहभागिताका लागि अपील गरेका छन् । उनीहरूले पार्टीको विधान विपरीत भृकुटीमण्डप भेलाबाट कांग्रेसलाई कब्जा (हाइज्याकरहरू) गर्ने समूहबाट राष्ट्रियता र लोकतन्त्र कमजोर भएको बताएका छन् ।

भेलाका सहभागी विद्यार्थी र कांग्रेसका नेताहरूले बृहत एकताका लागि सानेपा कब्जा गरेर बसेकाहरू गम्भीर बन्नुपर्ने र धम्कीको भाषा बोल्न नहुने बताएका छन् । कांग्रेसप्रति गम्भीर हुन सानेपामा बसेकाहरूलाई विद्यार्थी नेताहरूले सुझाव दिएका छन् ।

साउन २९, ३० र ३१ गते हुन लागेको राष्ट्रिय भेलामा सहभागी हुन तथा २८ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किन लागेका कारण स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन २८ गते ११ः३० बजे उपस्थित हुन युवा तथा विद्यार्थीहरूसँग आग्रह गरेका छन् । देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्नेछन् ।

Published : Monday, 2026 August 10, 7:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया