गगनजी तपाईं निर्णायक हो, एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी सहयोगी बन्छौँ : नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको निस्सा पार्टी एकताका लागि अन्तिम मौका अवसर भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर नेता खड्काले भने, ‘सम्मानित सर्वाेच्च अदालतको पूर्ण ईजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ ।’
‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष आग्रह र अनुरोध छ,’ खड्काले भने, ‘तपाईं हिम्मत र साहासका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरु सबै यसका लागि सहयोगी हौँ र बन्छौँ ।’
‘तर यहाँनिर स्पष्ट हुन जरुरी छ, निर्णायक तपाईं हो । तपाईं,’ नेता खड्काले भनेका छन् ।
‘पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लगि पार्टीका र भ्रातृ, शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध अनि अपील,’ खड्काले भने ।
‘राष्ट्र रहे, बहुदलीय लोकतन्त्र रहन्छ । पार्टी रहन्छ । अनि त्यसमा हामी रहने ठाउँ रहन्छ,’ नेता खड्काले भने, ‘नभए, सबै खरानी हुन्छ । हामी सबैमा हेक्का रहोस् । सामाजिक संजालको दोहोरी र गाली गलोजले कहि पुगिदैन यो प्रबृत्ति सबै लागेर बन्द गरौँ ।’
उनले भने, ‘पार्टीको आधिकारिकताको बिबादका विषयमा सम्मानित सर्वाेच्च अदालतले हामीलाई निस्सा दिएपछिको ३ दिनका सामाजिक संजालमा पार्टीकै साथीहरूबाट लेखिएका बिचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ खड्काले भने ।
‘ईतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि कांग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आबस्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो,’ उनले भने ।
‘यसका लागि हामीबीचमा संहिष्णुता, संबेदनशीलता र सहअस्तित्वको सम्भावना सृजना गरि सम्वाद, सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो,’ खड्काले भने, ‘वर्तमान भिमकाय चुनौतिहरूको सामना गर्नका लागि । यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महोत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध अनि कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निरर्णायक अग्रसरताका लागि अघि बढौं ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया