सोलुखुम्बुमा हत्या अभियोगमा भुवनसिंह पक्राउ
सल्लेरी । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले व्यक्ति हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
सोलुदुधकुण्ड नगरपालिका–११ गन्जे डाँडा बस्ने ४६ वर्षीय तोईबहादुर कटवालको हत्या गरेको अभियोगमा सोही नगरपालिका–११ राम्पा बस्ने १९ वर्षीय रोशन भन्ने भुवनसिंह कार्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
तोईबहादुर आफ्नै घरमा शनिबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले भुवनसिंहलाई पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानको क्रममा भुवनसिंहले आपसी वादविवादको क्रममा चक्कु प्रहार गरी तोईबहादुरको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
Published : Sunday, 2026 August 9, 6:21 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया