साउन २८ गते देउवा स्वदेश फर्किदै, विमानस्थलमा स्वागतका लागि उपस्थित हुन कांग्रेसको आह्वान

काठमाडौं । लामो उपचारपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किन लागेका छन् ।

देउवा साउन २८ गते मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । देउवाको स्वागतका लागि कांग्रेसका नेता तथा कार्यकर्ता, तरुण र विद्यार्थीलाई उपस्थितिका लागि आह्वान गरिएको छ । देउवाको स्वागतका लागि बिहान साढे ११ बजे विमानस्थलमा उपस्थित हुन आह्वान गरिएको छ ।

कांग्रेस नेता जीतजंग बस्नेतल नेपाली राजनीतिका दिग्गज व्यक्तित्व, पूर्वप्रधानमन्त्री, श्रद्धेय नेता शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने कार्यक्रम रहेको बताएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासमा बसेका बेला देउवा र उनकी पत्नी डा.आरजु राणालाई हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट घाइते भएका देउवा दम्पत्ति लामो समयदेखि बिदेशमा उपचाररत छ । देउवाको स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किन लागेका छन् ।

Published : Saturday, 2026 August 8, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया