शेरबहादुर देउवालाई धरपकड हुँदैन होला, भयो भने बिरोध गर्छौं : संयोजक डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई धरपकड हुँदैन होला भनेका छन् ।
शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा.कोइरालाले भने, ‘जहाँसम्म मलाई लाग्छ धरपकड हुँदैन । भइहाल्यो भने त्यो बेला हामी बिरोध गर्छौं ।’
देउवा साउन २६ गते स्वदेश फर्किन लागेका छन् । देउवा स्वदेश फर्किन लागेका बेला सरकारले धरपकड गर्ने सम्भावना रहेको भनेर प्रचारबाजी भइरहेका बेला डा.कोइरालाले धपकड भएमा विरोध गर्ने जनाएका छन् । संयोजक डा.कोइरालाले देउवालाई धरपकड भएमा शान्तिपूर्ण बिरोध गर्ने जनाएका हुन् ।
पत्रकारहरूले डा.कोइरालासँग तपाई हङकङमा गएर सभापति शेरबहादुर देउवासँग भेट गरेर आउनु भएको हो भनेर सोधिएको प्रश्नको जिज्ञासामा डा.कोइरालो भने, ‘म गएको छैन ।’
देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र कार्यसमितिलाई सोही रुपमा सम्बोधन गर्दै आएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया