कांग्रेसको राष्ट्रिय भेला तयारीका लागि नयाँ बानेश्वरमा विद्यार्थीको विशेष भेला
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूद्वारा आह्वान गरिएको नेपाली कांग्रेस राष्ट्रिय भेला तयारीका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले युवा विद्यार्थी अगुवा भेलाको कार्यक्रम राखेको छ ।
शनिबार काठमाडौंको आनन्दभूमि पार्टी प्यालेस, नयाँ बानेश्वरमा दिउँसो १ बजे युवा विद्यार्थीको भेला आह्वान गरिएको हो । भेलाले साउन २९, ३० र ३१ गतेको कांग्रेसको राष्ट्रिय भेलाको तयारीका विषयमा रणनीति बनाउनेछ ।
नेविसंघले आह्वान गरेको भेलामा सहभागी हुन युवा तथा विद्यार्थीलाई आग्रह गरिएको छ ।

Published : Friday, 2026 August 7, 4:24 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया