देउवा समूहद्वारा सर्वोच्चको निर्णयको भव्य स्वागत, पुनरावलोकनबाट न्याय प्राप्त हुनेमा डा.कोइराला विश्वस्त
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।
शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा.कोइरालाले भने, ‘हाम्रो पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्वन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसला आदेश उपर न्यायिक पुनरावलोकन गरिपाउँ भनि पार्टी सभापति श्री शेरबहादुर देउवाले दिनु भएको निवेदनमा सम्मानित सर्वोच्च अदालतले २०८३ श्रावण २१ मा पुनरावलोकनको अनुमति प्रदान गरेको छ ।’
‘सर्वोच्च अदालतको यो निर्णयको हार्दिक स्वागत गर्दछु,’ संयोजक डा.कोइरालाले भने, ‘सम्मानित सर्वोच्च अदालतबाट अब हुने पुनरावलोकनबाट हामीलाई न्याय प्राप्त हुने कुरामा विश्वस्त छौं ।’
सर्वोच्च अदालतले बिहीबार नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विगतको फैसला पुनरावलोकन गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको फैसलाको पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया