कांग्रेसबारे सर्वोच्चको निर्णयपछि देउवा पक्षीय नेताहरू खुसीले गदगद, डा.कोइरालाले बोलाए पत्रकारहरू
काठमाडौं । सर्वोच्च अदालतले बिगतको आफ्नो फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका छन् ।
शेरबहादुर देउवा पक्षीय नेताहरूको सम्पर्क कार्यालय, महाराजगञ्ज, चुनवेदीमा शुक्रबार डा.कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे २ बजे हुने पत्रकार सम्मेलनमा डा.कोइरालाले साउन २९, ३० र ३१ गते काठमाडौंमा हुन लागेको राष्ट्रिय भेलाको तयारीका विषयमा जानकारी दिनेछन् ।
प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले समितिका संयोजक डा.कोइरालाद्वारा पत्रकार सम्मेलन गरेर भेलाका साथै समग्र राजनीतिका विषयमा जानकारी दिने बताएका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको पूर्ण इजलासले नेपाली कांग्रेसको विवादसम्बन्धी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाले गरेको फैसलालाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतको निर्णयपछि शेरबहादुर देउवा पक्षीय लाखौँ कार्यकर्ता तथा नेताहरू खुसी छन् । उनीहरूले न्याय मरेको छैन भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया