देउवा पक्षीय भेलामा डा.शेखर कोइराला सहभागी हुने, उपस्थित हुन सबैलाई अपील
काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले आह्वान गरेको राष्ट्रिय भेलामा नेता डा.शेखर कोइराला सहभागी हुने भएका छन् ।
देउवा पक्षीय नेताहरूले साउन २९, ३० र ३१ गते काठमाडौंमा गर्न लागेको राष्ट्रिय भेलामा नेता डा.कोइराला सहभागी हुने उनको निजी सचिवालयले जनाएको छ । डा.कोइरालालाई रुघाखोकी लागेर स्वास्थ्यमा समस्या भएपछि विराटनगरमा छन् ।
भेलामा सहभागी र तयारी गर्नकै लागि नेता डा.कोइराला छिट्टै काठमाडौं आउन लागेका छन् । देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेलालाई सफल बनाउन डा.कोइरालाले शुभकामना समेत दिइसकेका छन् ।
गगन थापा समूहले नेता डा.कोइराला देउवा पक्षीय भेलामा सहभागी नहुने र बहिस्कार गरेको भनेर गलत प्रचार प्रसार गरिरहेका छन् । तर, नेता डा.कोइराला देउवा पक्षीय नेताहरूको भेलामा आफै सहभागी भइ सम्बोधन गर्नेछन् ।
देउवा पक्षीय नेताहरूको राष्ट्रिय भेला आयोजक समितिको संयोजक डा.शशांक कोइराला छन् । उनले तयारीका विषयमा विभिन्न उपसमितिहरू बनाउनेदेखि राष्ट्रिय भेलालाई भब्य बनाउन नेता तथा कार्यकर्ताहरू परिचालन गरिरहेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया