गगनद्वारा बुढानिलकण्ठमा नयाँ घरको पूजा, उता सर्वोच्चले देउवालाई पुनरावलोकनको अनुमति दियो
काठमाडौं । भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशनको नाम दिएर पार्टीलाई हाइज्याक गरी आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले आफ्नो नयाँ घरको पूजा गरेका छन् ।
बिहीबार काठमाडौंको बुढानिलकण्ठको गणेशचोक नजिकै रहेको घरमा थापाले पूजा गरेका हुन् । आफ्ना बुबा–आमा, पत्नी र परिवारका सीमित मानिसहरूका साथ नयाँ घरको पूजा गरेको थापा निकट स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकताको विवादसम्बन्धी फैसालविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकनको निवेदनलाई अनुमति दिएर कांग्रेसको विवाद ब्यूँताएकै दिन थापाले नयाँ घरको पूजा गरेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा थापाको रातोपुलमा रहेको घरलाई प्रदर्शनकारीले जलाई दिएका थिए । त्यसपछि थापाले बुढानिलकण्ठमा घर लिएका थिए । बुढानिलकण्ठको घर थापाले किनेका हुन् वा भाडामा लिएका हुन् केही भनिएको छैन ।
झण्डै एक रोपनी जग्गामा रहेको घरमा आफू निकटका सीमित व्यक्तिलाई बाहेक कसैलाई पनि लैजाँदैनन् । थापाले आफ्नो भेटघाटहरू बालुवाटा, नक्सालका रेष्टुरेन्टहरूमा गर्छन् । ज्ञानेश्वरको सम्पर्क कार्यालयमा पनि भेटघाट गर्छन् ।
नेता तथा कार्यकर्ता र आफूलाई भेट्न आउनेहरूको स्तरअनुसार थापाले नक्साल र नागपोखरीका रेष्टुरेन्ट तथा ज्ञानेश्वरको सम्पर्क कार्यालयमा बोलाउने गरेको कांग्रेसकै नेताहरूले बताउने गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया