देउवाले दिएको कांग्रेस पुनरावलोकनको निवेदन प्रधानन्यायाधीश डा.शर्माकै पूर्ण इजलासले हेर्ने
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा.मनोज शर्मा नेतृत्वको पूर्ण इजलासले नेपाली कांग्रेसको पुनरावलोकन सम्बन्धी निवेदनलाई अध्ययन गर्ने भएको छ ।
सर्वोच्च अदालतबाट विशेष महाधिवेशनलाई मान्यता दिने निर्णयविरुद्ध तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुनरावलोकन निवेदन दिएका छन् । बिहीबार सर्वोच्च अदालतका तीन न्यायाधीशले पुनरावलोकनको निवेदनको अध्ययन गर्ने भएका छन् ।
निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा.शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो ।
पूर्ण इजलासले सुनुवाई नगरी चेम्बर (न्यायाधीशहरूको कार्यकक्ष)मा बसेर निवेदनको अध्ययन गरी पुनरावलोकनको अनुमति हुने वा नहुने भनी आदेश गर्नेछ ।
सर्वोच्च अदालतले देउवा र खड्काको निवेदनमाथि निस्सा हुने आदेश गरेमा तीन सदस्यीय पूर्ण इजलासले फेरि शुरुदेखि मुद्दाको सुनुवाई गर्नेछ । निस्सा नहुने आदेश गरेमा सर्वोच्च अदालतले यसअघि नै टुंग्याएको निर्णय अन्तिम हुनेछ ।
तत्कालीन सभापति देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकनको लागि छुट्टाछुट्टै निवेदन दिएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया