रास्वपाका सांसद पाण्डेद्वारा सेनाका क्याप्टनलाई हप्कीदप्की, प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले नेपाली सेनाका क्याप्टनलाई हप्कीदप्की गरेर नेपाल ट्रष्टको संरक्षित जमीनको पर्खालमा डोजर लगाएर भत्काइदिएका छन् ।
आफूलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट बताउँदै आएका सांसद पाण्डेले मंगलबार काठमाडौंको गोकर्णमा क्याप्टनलाई हप्कीदप्की गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । पाण्डले क्याप्टनलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
गोकर्णको करिडोर विस्तारका क्रममा सांसद पाण्डेले सैनिक कर्मचारीहरूलाई हप्कीदप्की गरेका हुन् ।
गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ । करिडोर विस्तारका क्रममा पर्खाल डोजरले भत्काउन लागेपछि रास्वपाका सांसद पाण्डे र सैनिक कर्मचारीबीच केही समय चर्काचर्की भएको भिडियोमा देख्न सकिन्छ ।
पाण्डेको अग्रसरतामा पर्खाल भत्काउन लागेपछि सेनाका कप्टनले भनेका छन्, ‘यहाँ फौज बसेको छ ।’ जवाफमा सांसद पाण्डेले भन्छन्, ‘फौज बसेर के भयो ?’
क्याप्टनले पटक पटक पर्खाल नभत्काउन अनुरोध गर्छन् । तर, पाण्डेले उनको अनुरोधप्रति चासो दिँदैनन् । भत्काउन अनुमति लिएको पत्र सैनिकले माग्छन् । त्यसपछि पाण्डे झन् रिसाउँछन् ।
‘करिडोरको बाटो पहिल्यै खोल्नुपर्ने होइन ? मैले सिस्टम पहिले बुझिसक्या छु । करिडोरको मापदण्ड हो, जनताले आफ्नो जग्गा छोडेर करिडोरलाई छोड्ने अनि अर्को निकायले पर्खाल राख्न मिल्छ ?,’ सांसद पाण्डेले भनेका छन् ।
पाण्डेको भनाइ नसकिँदै ती सैनिक भन्छन्, ‘यो ब्यारेक हो नि ।’
सांसद पाण्डेले मापदण्ड सबैलाई लागू हुनुपर्ने बताएका छन् । ‘यो डोजर रोकिँदैन, किनभने म आदेश स्पष्ट लिएर आएको छु । कन्फ्युजन भए सोध्नुहोला,’ सांसद पाण्डेले भनेका छन् ।
पर्खाल भत्काउँदा जंगली जनावर भागे के होला ? भनेर सैनिकले सम्झाउन खोज्छन् । तर, सांसद पाण्डे मान्दैनन् ।
भिडियोका विषयमा सेनाले आपत्ति जनाएको छ । सांसद पाण्डेले हप्कीदप्की गरेको विषयलाई सेनाले गम्भीर रूपमा लिएको छ । रास्वपाका सांसद पाण्डेको हर्कतको विषयमा सम्बन्धित निकायसँग छलफल भएको नेपाली सेना निकट उच्च स्रोतले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले मंगलबार भेट गरेका छन् । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया