चाँदीको व्यापार गर्ने ठूलो व्यापारीको घरमा ५ घण्टा छापा, रित्तो हात फर्किए प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले बेनीगोपाल मुन्दडाको निवासबाट कुनै पनि गैरकानी वा शंकास्पद बस्तु फेला नपरेको जनाएको छ ।

मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष हुन् । ‘जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. ७ गोश्वारा रोडस्थित बेनीगोपाल मुन्दडाको घरमा गैर कानूनी चिजवस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली उक्त घर ठेगानामा खटिइ गई रीतपूर्वक खानतलासी गर्दा सूचना बमोजिमको गैर कानूनी सामानहरू फेला नपरेको, यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको,’ मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अवैध रकम लुकाएको आरोपमा मुन्दडाको घरमा आइतबार बिहान प्रहरीले छापा मारेको थियो । मुन्दडाको घरबाट प्रहरी रित्तो हात फर्किएको छ ।

अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करीब ५ घण्टापछि फर्किएको छ । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारीमध्ये पर्छन् । अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोली पुगेको थियो ।

देवेनारा समूहका सदस्य बेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताएका छन् । ‘बिहान ५ बजे आएर पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो, हामीले सहयोग गर्‍यौं,’ मुन्दडाले भने, ‘सबै ठाउँ हेर्नुभयो, अन्तिममा केही भेट्नुभएन । हामीलाई क्लिन चिट दिएर जानुभयो ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकारले व्यापारीहरू निन्दर दबाब बढाउँदै गएको छ । सरकारले व्यापारीहरूलाई धरपकड गर्ने, छापामार्ने लगायतका गतिविधि गर्दै आएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले व्यापारी, नेताहरू लगायतलाई सम्पत्ति शुद्धीकरण लगायतका अभियोगमा पक्राउ गर्न निर्देशन दिइ दुःख दिने गरेको पीडितहरूको भनाइ छ ।

Published : Monday, 2026 August 3, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया