बालेन सरकारद्वारा इन्धनको मूल्य वृद्धि, तैपनि १ अर्ब ४९ करोड घाटा
काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले पेट्रोलियम पदार्थ अर्थात् इन्धनको मूल्य बढाएको छ ।
सरकारको निर्देशनमा आइतबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयानुसार सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरिएको छ । मूल्य वृद्धिसँगै काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपियाँ पुगेको छ ।
यसअघि यी क्षेत्रमा पेट्रोल १९७ र डिजेल १९५ रुपियाँमा बिक्री भइरहेको थियो । पहिलो र दोस्रो वर्गका क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर २० रुपियाँ वृद्धि गरी नयाँ मूल्य २४९ रुपियाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ । पोखरा र भैरहवाको हकमा नाफा नोक्सानरहित विन्दुमा बिक्री मूल्य तोकिएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २०६० रुपियाँमा यथावत राखिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०.१९ रुपियाँ, डिजेलमा ३९.६७ रुपियाँ र हवाई इन्धनमा १९.०६ रुपियाँ बढेर आएको थियो ।
मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक (१५ दिनमा) करीब १ अर्ब ४९ करोड रुपियाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट जनताले राहतको अपेक्षा गरिरहेका बेला पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया