थाईल्याण्डबाट काठमाडौं आएका ३ भारतीयलाई ब्यूरोद्वारा विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले थाईल्याण्डबाट नेपाल ल्याइएको ११ किलो गाँजासहित ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरू थाईल्याण्डबाट हङकङ हुँदै नेपाल आएका थिए ।

पक्राउ पर्नेहरूमा भारतको लुदियाना पञ्जाव घर भएका वर्ष ३० का सानी, लुदियाना पञ्जावका वर्ष २३ का जागरुप सिंह र भारतको कैरु हरियाणका वर्ष २२ का साहिल रहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूको साथबाट प्रहरीले गाँजासहित पासपोर्ट र मोबाइल बरामद गरेको छ ।

Published : Sunday, 2026 August 2, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया