भदौ २४ मा सभापतिमाथि सांघातिक आक्रमण भयो, मिलेर जाने बेला विशेष महाधिवेशनले मतभेद बढ्यो : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भूमरीमा रुमल्लिएको बताएका छन् ।
शनिबार काठमाडौंमा शेरबहादुर देउवा पक्षीय नेताहरूको साउन २९, ३० र ३१ गते काठमाडौंमा हुन लागेको राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा.कोइरालाले यसको प्रत्यक्ष असर नेपाली कांग्रेसमा परेको बताए ।
२०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको उनले स्मरण गरेका छन् । त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको डा.कोइरालाले बताए ।
‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोँचेजस्तो परिणाम ल्याउन सकेन,’ डा.कोइरालाले भने, ‘धार्मिक संहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’
उनले पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको यस राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको बताए ।
पार्टीका अर्का नेता डा.शेखर कोइरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले डा. शेखर कोइरालाको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यवद्धता जनाएको बताए ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया