दाङ घर भएका युवकसहित ३ जना काठमाडौंबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा नगरपालिका–१० बस्ने दाङ घर भएका ३२ वर्षीय पवनकुमार के.सी. (बिक्रम), काठमाडौं महानगरपालिका–३ बस्ने रौतहट घर भएका २१ वर्षीय सुधिरप्रसाद जयसवाल र काठमाडौं महानगरपालिका–२५ बस्ने काभ्रे घर भएकी ३८ वर्षीया लक्ष्मी खड्का रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख रूपियाँ, सुधिरले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं महानगरपालिका–१० बाट, सुधिरलाई काठमाडौं टोखा नगरपालिका–९ बाट र लक्ष्मीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया