सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिका लागि देउवाको आह्वान
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बिहीबार देउवाले प्रेस नोट जारी गरेर भने, ‘हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो ।’
‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु,’ पूर्वप्रधानमन्त्री देउवाले भने ।
‘यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भने ।
‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ देउवाले भने, ‘हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया