सिरहामा गोली लागेर गणेश यादवको मृत्यु, स्थिति तनाबपूर्ण

लहान । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका अन्दाजी १५÷१६ वर्षीय गणेश यादवको मृत्यु भएको छ ।

बिहीबार गोलबजारमा झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) चेतराज बरालले जानकारी दिएका छन् ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताएका छन् । सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यूका बीच स्थानीयले ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् ।

Published : Thursday, 2026 July 30, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया