ससुरालीमै श्रीमतीको हत्या प्रयास, श्रीमान पक्राउ
मलंगवा । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले श्रीमतीको हत्या गर्न प्रयास गरेको भन्दै श्रीमानलाई पक्राउ गरेको छ ।
बागमती नगरपालिका वडा नं. ५ टेकानीस्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा प्रहरीले २१ वर्षीय बसन्ता बैठा धोबीलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ शेखौना बस्ने बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्तादेवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
बहिनी नाता पर्ने १० वर्षीया कुसुमकुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । आफन्तले समयमा पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैया पु¥याएको थियो ।
सामान्य उपचारपछि चिन्तादेवीलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकोमा पुनः थप उपचारको लागि राति १०ः३० बजे रौतहटको बेटर नेपाल, गरुडामा लगेर उपचार भइरहेको छ । चिन्तादेवीको अवस्था गम्भीर रहेको छ ।
घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया