पोखरामा अनलाइन स्क्याम, दुई जना पक्राउ
पोखरा । अनलाइन स्क्याम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक महेश्वर शान्तिनगर बस्ने ३० वर्षीय मोहम्मद यासिर रहेका छन् ।
पोखरा महानगरपालिका–५ प्रस्याङस्थित घर भाडामा लिई भारतीय नागरिकसहितका व्यक्तिहरूले एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै स्क्याम गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भीक अनुसन्धानको क्रममा उनीहरूले ओसिस टुरिजम ईन्टरनेश्नल नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरूलाई समेत खटाई अनलाइन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी फारम भर्न लगाई रकम उठाउने गरेको प्रहरीले जनाएको छ ।
हालसम्म ३० जना व्यक्तिहरूलाई एसिया र युरोप महादेशका विभिन्न देशमा भिजिट गराउने भन्ने प्रलोभनमा पारी उक्त कुपन भर्न लगाई ९ लाख ६५ हजार रूपियाँ ठगी गरिसकेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट कम्प्युटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्ट्याम्प छाप ४ थान र विभिन्न व्यक्तिहरूको नाममा काटिएका कुपनहरूको अर्धकट्टी समेत बरामद गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया