सीआईबीद्वारा बिचौलिया दीपक भट्टसँग जोडिएका रिमाललाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिचौलिया दीपक भट्टसँग जोडिएका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।
रिमाल बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका प्रतिवादी हुन् । रिमाललाई ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ ।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दीपक भट्ट समेत भएको बीमा ऐन, २०७९ अन्तर्गत र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका काठमाडौं महानगरपालिका, वडा नं. ७ बस्ने रिमाललाई ब्यूरोको टोलीले पक्राउ गरेको प्रवक्ता एवम् एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले रिमाललाई काठमाडौं महानगरपालिका, वडा नं ७ सिफलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहल उपस्थित गराएको छ ।
व्यवसायी एवम् बिचौलिया दीपक भट्ट लामो समयदेखि सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया