काठमाडौंबाट पूजा शाही पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने प्रलोभन देखाई १७ लाख रुपियाँ ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
शाहीविरुद्ध बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपियाँ ठगी गरेको आरोप रहेको छ । पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको छ ।
Published : Monday, 2026 July 20, 7:36 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया