श्रीमती फूलमायालाई अमरबहादुरद्वारा खुकुरी प्रहार गरी हत्या
चैनपुर । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले श्रीमती हत्याको अभियोगमा ५६ वर्षीय अमरबहादुर सार्कीलाई पक्राउ गरेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ७ घर भई हाल मादी नगरपालिका वडा नं. ४ डाँडागाउँ बस्दै आएका अमरबहादुर सार्कीले आफ्नै ४३ वर्षीया श्रीमती फूलमाया मुदेलको हत्या गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
घरायसी विवादका क्रममा अमरबहादुरले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमती फूलमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।
घटनामा प्रयोग गरिएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको छ ।
Published : Saturday, 2026 July 18, 2:24 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया