करणी मुद्दामा फरार आलम पक्राउ, राजपुरबाट काठमाडौं लगियो
गौर । जिल्ला प्रहरी कार्यालय, रौतहटले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २२ वर्षीय ड्राईभर भन्ने आफान आलमलाई पक्राउ गरेको छ ।
राजपुर नगरपालिका–८ अकोलुवा बस्ने आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा संलग्न रही २०८२ जेठ १५ गतेदेखि फरार रहेका आलमलाई जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरीले राजपुर नगरपालिका–४ बाट पक्राउ गरेको जनाएको छ ।
आलमलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी, काठमाडौं पठाइएको छ ।
Published : Tuesday, 2026 July 14, 1:01 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया