दिलको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक
काठमाडौं । नायक दिल श्रेष्ठको कम्ब्याक चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
शनिबार ‘माया भनेकै यस्तो होला’ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । लामो समयपछि दिल श्रेष्ठ चलचित्रको अभिनयमा फर्किएका हुन् । नयाँ पोस्टरमा नायक दिल श्रेष्ठका साथै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ देखिएका छन् ।
पूर्ण पारिवारिक यो पोस्टरले चलचित्रमा फेमेली ड्रामा रहेको संकेत दिएको छ । पोस्टरले सपरिवार सिनेमा हेर्न हलमा आउन दर्शकलाई अपील पनि गरेको छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो चलचित्र भदौ २६ गते रिलिज हुँदै छ । हाल ‘माया भनेकै यस्तो होला’ पोस्ट प्रोडक्सनको चरणमा छ ।
चलचित्र ‘माया भनेकै यस्तो होला’मार्फत अभिनेत्री रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सिनेमा निर्देशन गरिसकेकी उनको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो ।
निर्देशनमा केन्द्रित रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’भन्दा बाहिर आएर चलचित्र निर्देशन गरेकी हुन् । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।
चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणि (सीएम) छन् ।
चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया